काठमाडौँ । जारी आईसीसी टी– २० विश्वकप २०२६ अन्तर्गत सुपर आठ अन्तर्गत आज श्रीलंका र इङल्याण्ड आमनेसामने हुँदैछन् ।
यो खेल श्रीलंकाको कोलम्बोमा हुने यस खेलमा श्रीलंकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । योसँगै इङल्याण्डले पहिला ब्याटिंग गर्ने भएको छ ।
प्लेइङ–११
श्रीलंका: पाथुम निसान्का, कमिल मिशारा, कुसल मेन्डिस (विकेटकिपर), पवन रत्नायके, कमिन्दु मेन्डिस, दासुन शनाका (कप्तान), दुशन हेमन्था, दुनिथ वेल्लालागे, दुष्मन्था चामेरा, महीश थीक्षाना र दिलशान मदुशंका ।
इङल्याण्ड: फिल साल्ट, जोस बटलर (विकेटकिपर), जेकब बेथेल, टम ब्यान्टन, ह्यारी ब्रुक (कप्तान), साम करन, विल ज्याक्स, लियम डसन, जेमी ओभरटन, जोफ्रा आर्चर र आदिल राशिद ।

FACEBOOK COMMENTS