काठमाडौँ । वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको छ । जारी आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह सी को खेलमा वेस्टइण्डिजले स्कटल्याण्डलाई १८३ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले २० ओभरमा ५ विकेट गुमाउदै १८२ रन बनाएको हो ।
वेस्टइण्डिजका लागि शिमरोन हेटमायेरले सर्बाधिक ६४ रन बनाएका थिए भने ब्राण्डन किंगले ३५, शेरफान रुथरफोर्डले २६ र रोभमन पावेलले २४ रन बनाएका थिए । त्यस्तै कप्तान शाइ होपले १९ रन बनाएका थिए ।
त्यसैगरी स्कटल्याण्डका बलर ब्राड करीले २ विकेट लिए भने सफयान शरिफ, ओलिभर डेभिडसन र माइकल लिस्कले एक एक विकेट लिएका थिए ।
FACEBOOK COMMENTS