काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली एक खेलअगावै सुपर–६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर–२ मा २ अंक लिएर जानेछ ।
उक्त खेलमा नेपालले कुवेतसँगको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन ।
प्लेइङ–११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।
FACEBOOK COMMENTS