अस्ट्रेलिया । टि-२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डले पाकिस्तानलाइ १५३ काे तार्गेट दिएकाे छ । टस जितेर पहिला ब्याटिङ राेजेकाे न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा १५२ रन बनाउन सफल भयाे ।
न्युजील्याण्डकाे तर्फबाट डार्याल मिच्चेलले सर्वाधिक ५३ रन बनाएका छन् । उनले ३५ बलमा ३ चाैका र एक छक्काकाे मद्दतले हाफसेन्सुरी बनाउन सफल भएका हुन् । त्ससैगरी क्याप्टेन केन विलियमसनले ४६ रन बनाए । उनले ४२ बलमा १ छक्का र १ चाैकाकाे मद्दतमा याे स्काेर खडा गरेका हुन् ।
पाकिस्तानकाे तर्फबाट साहिन साह अर्फिदिले २ र माेहम्मद नवाजले १ विकेट लिए । ४ ओभर बलिङ गरेका अर्फिदिले २४ रन खर्चेर २ विकेट लिएका हुन् भने २ ओभर बलिङ गरेका नवाजले १२ रन खर्चेर १ विकेट लिएका हुन् ।
सिड्नी क्रिकेट मैदानमा जारी खेलमा केहि समयकाे ब्रेक पछि पाकिस्तानले जवाफी ब्याटिङ गर्नेछ ।
न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो। १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन। त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो।
पाकिस्तान र न्युजील्याण्डबीच टि २० विश्वकपमा हालसम्म ६ वटा खेल भएको छ । जसमा ४ खेल पाकिस्तान र २ खेल न्युजील्याण्डले जितेको इतिहाश रहेको छ । उक्त दुइ टोलिबीच पछिल्लो समय टि २० विश्वकप २०२१ मा भिड्न्तर भएको थियो । जहाँ पाकिस्तानले ५ विकेटले जित हासिल गरेको थियो ।
आज हुने पहिलो सेमिफाइनल जित्ने टोलिले भोलि हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिकालगि आइतबार भिड्नेछ । दोस्रो सेमिफाइलनका लागि भोलि अर्थात विहिबार भारत र इङ्ल्याण्ड भिड्ने छन् ।
FACEBOOK COMMENTS