अस्ट्रेलिया । टि-२० विश्वकप २०२२ काे फाइनलमा पाकिस्तान पुगेकाे छ । बुधबार भएकाे पहिलाे सेमिफाइनल खेलमा न्युजील्याण्डलाई ७ विकेटले हराउदै पाकिस्तान फाइनलमा पुगेकाे हाे ।
न्युजील्याण्डले दिएकाे १५३ रनकाे लक्ष पाकिस्तानले १९.२ ओभरमा ३ विकेटकाे क्षेतिमा पुरा गरेकाे हाे ।
सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ राेजेकाे न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा १५२ रन बनाएकाे थियाे। न्युजील्याण्डकाे तर्फबाट डार्याल मिच्चेलले सर्वाधिक ५३ रन बनाएका थिए । उनले ३५ बलमा ३ चाैका र एक छक्काकाे मद्दतले हाफसेन्सुरी बनाउन सफल भएका हुन् । त्ससैगरी क्याप्टेन केन विलियमसनले ४६ रन बनाए । उनले ४२ बलमा १ छक्का र १ चाैकाकाे मद्दतमा याे स्काेर खडा गरेका हुन् ।
पाकिस्तानकाे तर्फबाट साहिन साह अर्फिदिले २ र माेहम्मद नवाजले १ विकेट लिए । ४ ओभर बलिङ गरेका अर्फिदिले २४ रन खर्चेर २ विकेट लिएका हुन् भने २ ओभर बलिङ गरेका नवाजले १२ रन खर्चेर १ विकेट लिएका हुन् ।
जवाफी ब्याटिङमा उत्रेकाे पाकिस्तानले कप्तान बबर अजम र माेहम्मद रिजवानकाे अर्धशतकिय पारीले जित जाेगाउन सफल भएकाे हाे । खेलमा कप्तान बबरले ४२ बलमा ७ चाैकाकाे मद्दतले ५३ रन बनाएर अाउट भएका थिए । त्यसैगरी, रिजवान भने सर्वाधिक ५७ रन बनाउन सफल भए । उनले ४३ बलमा ५ चाैकाकाे मद्दतले ५३ रन बनाएका हुन् । पछि उनी क्याच अाउट भए ।
न्युजील्याण्डका ट्रेन्ट बाेउल्टले २ विकेट लिए । ४ अाेभर बलिङ गरेका बाेउल्टले ३३ रन खर्चेर २ विकेट लिएका हुन् । त्यसैगरी मिचेल सान्तरले १ विकेट लिए । ४ ओभर बलिङ गरेका सान्तरले २६ रन खर्चेर १ विकेट लिएका हुन् ।
यस सेमिफाइनल जितेसँगै पाकिस्तानले भोलि हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिकालगि आइतबार भिड्नेछ । दोस्रो सेमिफाइलनका लागि भोलि अर्थात विहिबार भारत र इङ्ल्याण्ड भिड्ने छन् ।
FACEBOOK COMMENTS