अष्ट्रेलिया । टि-२० क्रिकेट विश्वकप २०२२ काे दाेस्राे सेमिफाइनल आज बिहिबार हुँदैछ । अष्ट्रेलियाकाे मेलबर्नमा हुने दाेस्राे सेमिफाइनलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार १:४५ बजेदेखि सुरू हुनेछ । आजकाे सेमिफाइनल जितेर दुवै टाेलि टि-२० क्रिकेट विश्वकपकाे फाइनलमा तेस्राेपटक पुग्ने दाउमा छन् । यी दुवै टाेलिले २/२ पटक फाइनलमा पुगिसकेका छन् भने १/१ पटक उपाधी पनि जितिसकेका छन् ।
टि-२० क्रिकेट विश्वकपमा यी दुइ टाेलि हालसम्म ३ पटक आमने सामने भएका छन् । जसमा २ पटक भारत र १ पटक इंग्ल्यान्डले जित हासिल गरेकाे इतिहाश रहेकाे छ ।
भारत समुह २ को समुह बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इंग्ल्यान्ड समुह १ को उप बिजेता बन्दै सेमिफाइनल पुगेको हो । यस खेलको बिजेताले आइतबार उपाधिको लागि पाकिस्तानसाँग प्रतिस्पर्धा गर्ने छ ।
आज भिड्ने यी दुइ टाेलिमध्य काे पुग्ला फाइनलमा ? भन्ने आम चासाेकाे विषय रहेकाे छ । पाकिस्तान फाइनलमा पुगेकाले पनी अब, दाेस्राे सेमिफाइनल कस्ले जितछ भन्ने चासाे बढेकाे हाे । दर्शकहरूले विशेषगरी पाकिस्तान र भारतबीचकाे खेल हेर्न बढी रूची रख्ने भएकालेपनि यस आजकाे खेलकाे बढी महत्व छ ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।
न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ ।
FACEBOOK COMMENTS