अष्ट्रेलिया । अष्ट्रेलियामा जारी टि-२० क्रिकेट विश्वकप २०२२ काे दाेस्राे सेमिफाइनलमा भारतलाइ हराउदै इंग्ल्यान्ड फाइनलमा पुगेकाे छ । भारतकाे फितलाे प्रदर्शनीकाे फाइदा उठाउदै इंगल्याण्ड फाइनलमा पुगेकाे हाे । अष्ट्रेलियाकाे मेलबर्नमा जारी दाेस्राे सेमिफाइनलमा भारतले दिएकाे १६९ रनकाे चुनाैति बेलायतले १६ ओभरमा विना कुनै विकेट पुरा गर्याे ।
टस हारेर पहिला ब्याटिंगकाे निम्ताे पाएकाे भारतले निर्धारीत २० आभरमा ६ विकेट गुमाएर जम्म १६८ रन बनायाे । लगातार विकेट गएपछि दवावमा परेकाे भारतले विराट काेहाेली हार्दिक पाण्डेयकाे अर्धशतकीय पारीले उक्त स्काेर खडा गर्न सफल भएकाे हाे । खेलकाे दाेस्राे ओभरमा नै ओपनर ब्याट्सम्यान केएल राहुल पेविलियत फर्केपछि भारतकाे कठिन यात्रा सुरू भएकाे थियाे । त्यसपछि क्याप्टेन राेहित शर्मा पनि ८.५ ओभरमा आउट भएपछि भारत अत्यन्त नाजुक अवस्थामा पुग्याे ।
२८ बल खेलेका शर्माले जम्म २७ रन बनाएर पेविलियन फर्केपछि भारतकाे पारी सम्हालन शुर्यकुमा यादव आए । तर यादवले पनि राम्राे नतिजा दिन सकेनन् । उनले १० बलमा १ चाैका र १ छक्काकाे मद्दतले १४ रन बनाएर पेविलियन फर्किए । त्यसपछिकाे ब्याटिंगमा हार्दिक पाण्डेयकाे इन्ट्री भयाे । पाण्डेले धरमराएकाे भारतकाे पारीलाइ केही हदसम्म लयमा फर्काए ।
खेलमा विराट काेहाेलिले ४० बलमा ४ चाैका र १ छक्काकाे मद्दतले ५० रन बनाएर पेविलियन फर्किए । उनी अन्तिम २ ओभर बाँकी हुँदा आउट भएका हुन् । त्यस्तै पाण्डेयले ३३ बलमा ६३ रन बाएर आउट भए । उनले ४ चाैका र ५ छक्का प्रहार गरे ।
इंग्ल्यान्डका क्रिस जाेर्डनले ३, अदिल रसिद र क्रिस वक्सले समान १्/१ विकेट लिए ।
जवाफी ब्याटिंगमा उत्रीएकाे बेलायतले कुनै पनि विकेट नगुमाइ १७ ओभरमा १७० रन बनायाे । बेलायतका ओपनर द्वयले भारतकाे बलरकाे धुलाे चटाए । क्याप्टेन समेत रहेका ओपनर जाेस बट्टलरले ४९ बलमा ८० रन बनाए । उनले ९ वटा चाैका र ३ वटा छक्का प्रहार गरे । त्यसैगरी अर्का ओपनर एलेक्स हलेसले ४७ बलमा ८६ रन बनाए । उनले ४ चाैका र ७ छक्का प्रहार गरे ।
बेलायतकाे ब्याटिंगसामु भारतकाे बलर पनि निरिह देखिए । भारतका बलरहरूले विकेट लिनका लागि धेरै ट्रिकहरू लगाए तर सफल हुन सकेन उनीहरूकाे ट्रीक ।
यस खेलको बिजेता बनेसँगै बेलायतले आइतबार उपाधिको लागि पाकिस्तानसाँग प्रतिस्पर्धा गर्ने छ ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजील्याण्डलाई पराजित गर्दै पाकिस्तान फाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तानले न्युजील्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । खेलमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजील्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १९.२ ओभरमा ३ विकेटको क्षतिमा ५ बल बाँकि रहदै उक्त लक्ष्य भेट्टाएको हो ।
फाइनल खेल आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ ।
FACEBOOK COMMENTS