काठमाडाैं । टी–२० विश्वकप २०२२ को फाइनल खेल आज हुँदैछ । अष्ट्रेलियाको मेलबर्न मैदानमा हुने फाइनलमा इंग्ल्याण्ड र पाकिस्तानबीच भिडन्त हुँदैछ ।
आज नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बजे सुरु हुनेछ ।
इंग्ल्याण्डले बिहीबार भारतलाई हराउँदै फाइनल प्रवेश गरेको हो भने बुधबार पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएर फाइनल प्रवेश गरेकाे हाे ।
इंग्ल्याण्डले भारतलाई १० विकेटको पराजित गर्दै फाइनल प्रवेश गरेकाे हाे । पाकिस्तानले पनि गत वर्षकाे टी–२० विश्वकपमा भारतलाइ १० विकेटले हराएकाे थियाे ।
बिहिबार भारतले दिएकाे १६९काे लक्ष्य पछ्याएकाे बेलायतले १६ ओभरमा विना कुनै विकेट लक्ष्य भेटाएकाे थियाे । ठिक एक वर्ष अघि २४ अक्टाेबर २०२१ मा १५२ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले १७.५ ओभरमा विना कुनै विकेट जित हासिल गरेकाे थियाे ।
सेमिफाइनलमा भने पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराएकाे थियाे ।
इंग्ल्याण्ड र पाकिस्तानबीच टि-२० विश्वकपमा हालसम्म २ पटक भिड्न्त भएकाे छ । जसमा २ पटक नै इंग्ल्याण्डले जित हासिल गरेकाे छ ।
आजकाे फाइनल खेल जितेर दुवै टाेलिले दाेस्राे पटक टि-२० विश्वकपकाे उपाधी हत्याउने दाउमा रहेका छन् । पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले २०१० मा टि-२० विश्वकपकाे उपाधी हात पारिसकेका छन् ।
२००९ पछि पाकिस्तान पहिलाे पटक फाइनलमा पुगेकाे हाे भने १०१६ मा इंग्ल्याण्डले फाइनल खेलेकाे थियाे ।
FACEBOOK COMMENTS