काठमाडौं ।नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ मनाङमा निर्वाचित भएका छन् ।
आज सम्पन्न मत गणनामा उनी विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत पाएकी छिन् । यस्तै नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।
FACEBOOK COMMENTS