काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षक र सरकारबीच आज शनिबार भएको वार्ता निष्कर्षविहीन बनेको छ ।
नेपाल शिक्षक महासङ्घका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा मन्त्रालयमा भएको वार्ताले कुनै निष्कर्ष निकाल्न नसकेको हो ।
सरकारसँग वार्तालाई निरन्तरता दिने सहमति भए पनि निष्कर्षमा नपुगेसम्म आन्दोलन स्थगित नगरिने शिक्षकहरूले बताएका छन् ।
शिक्षकहरू आन्दोलन थालेको भएको आज ८५औं दिन आज सरकारसँग वार्ता गरेका हुन् ।
FACEBOOK COMMENTS