काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच यसअघि दुई पक्षबिच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको छ ।
गृह मन्त्रालयमा बिहीबार दिउँसो भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, निवर्तमान कानुन‚ न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृह सचिव विनोदप्रकाश सिंह सहभागी थिए भने नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुङ्ग्याउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । नेकपासम्बन्धी मुद्दा टुङ्ग्याउन गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले गृह प्रशासनमै रहेका मुद्दा प्रशासनिक प्रक्रिया र राजनीतिक तवरबाट टुङ्ग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई टुङ्ग्याउन वर्तमान कानुनले अप्ठ्यारो पर्ने भएमा संशोधन गरेर भए पनि टुङ्ग्याउने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS