काठमाडौं ,नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्रकार , बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।
ताम्रकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।
आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।
कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।
साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।
FACEBOOK COMMENTS