तनहुँ । नेकपा माओवादी केन्द्रको प्रथम गाउँ तथा नगर अधिवेशनले तनहुँका ६ स्थानीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका १० मध्ये ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो । दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको माओवादी केन्द्र तनहुँका संयोजकले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेतृत्व चयन हुन नसकेको र सहमतिबाट नेतृत्व छान्ने प्रयास भइरहेको जिकिर गरेका छन्। माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भए पनि सकभर सर्वसम्मत नेतृत्वको टुंगो लगाउने रणनीति बनाएको छ ।
आकांक्षी धेरै हुँदा पनि मतदान प्रक्रियामा जान सकेको छैन तर सर्वसम्मत गर्ने प्रयास गरिरहेको र सहमतिमा नै नेतृत्वको टुंगो नलागे अन्तिम अस्त्र प्रयोग गर्दै मतदान प्रक्रियामा जाने माओवादी केन्द्रको दावि छ ।
FACEBOOK COMMENTS