ताप्लेजुङ । ताप्लेजुङमा एक बालिकाको लडेर ज्यान गएको छ । जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको प्रहरीले बताएको छ ।
फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेरज्यान गएको ताप्लेजुङ प्रहरीले जनाएको छ । फुङलिङ–९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर
घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए ।
उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो ।
FACEBOOK COMMENTS