काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोँलभेडा ठुलो प्रतिकेजी न्यूनतम मूल्य १४० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ठुलो गोलभेँडा १६० रुपैयाँमा कारोबार भएको थियो ।
टनेल गोलभेँडा सानो ७५, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौँला ३० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।
त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ६०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ७०, कागती १३० रुपैयाँ, भिण्डी ४०, पिँडालु ६०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।