काठमाडौँ । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवारलाई तरुण दलले जिताउने बताएका छन् ।
कार्यक्रममा सहभागीहरूले तरुण दल अध्यक्ष गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भूमिका के हो ? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गरेका थिए ।
ती प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।
मलाई विश्वास छ यो जिल्लाको १ नम्बर क्षेत्रमा उद्योगी विनोद चौधरी एवं २ नम्बर क्षेत्रमा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,’ उनले भने ।
FACEBOOK COMMENTS