काठमाडौं । यो दसैँमा टाटाको पन्च इभि, टियागो इभि, टिगोर इभि, एक्प्रेस–टि र आइस गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ लिएर सुरुवात गरेको टाटा पन्चइभिको यो दशैंमा ३७७ युनिट डेलिभरी भएको छ। सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको टाटा पन्चइभिमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । सिजापतिको अनुसार सुरुवाती भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन मिल्ने र नेपालको बाटोमा सुहाउँदो गाडी भएकोले पन्च इभिले नेपालमा राम्रो बजार लिइरहेको छ।
टाटाको पन्चइभिको साथै गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो इभि बजेट सेग्मेंटको सर्वाधिक बिक्री भएको मोडल हो। यो दशैंमा पनि टियागो इभिको १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ। विशेषगरि महिलाहरू र पहिलो गाडी लिन खोज्नु भएको ग्राहकहरूको पहिलो रोजाइमा पर्न सफल भएको टियागो इभिको पनि यो दशैंमा उत्साहजनक रुपमा डेलिभरी भएको छ। साथै टाटाको टिगोर इभिको १० युनिट र आइस गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ।
यो दशैंमा एक्प्रेस–टिको पनि राम्रो संख्यामा डेलिभरी भएको छ। एक्प्रेस–टिको १५६ डेलिभरी भएसँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कारहरू डेलिभरी गरेको छ। यसको साथै दशैंको अवसरमा ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै सिप्रदीले टाटा मोटर्सको लागि दशैंभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेसनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ ।
साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरूबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ। बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुई वटा सर्भिस सेन्टरहरू खुल्ला हुने छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरू सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरू मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।
FACEBOOK COMMENTS