काठमाडौं । टाटाको एसयूभी ‘कर्भ ईभी’ सार्वजनिक भएको छ ।
टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार होटेल सोल्टीमा विशेष कार्यक्रम आयोजना गरी ‘कर्भ ईभी’को अनावरण र बिक्री सुरू गरिएको हो ।
यो कार सेतो र खैरो रङमा उपलब्ध छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर उपलब्ध छ । यसमा ६ वटा एयर ब्याग छन् । यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ ।
यसमा ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ । ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ ।
यसको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ पर्ने जनाएको छ ।
हेरौँ केही तस्बिरहरू–
FACEBOOK COMMENTS