नुनदेखि सफ्टवेयरसम्मको व्यापार गर्ने टाटा समूहले ऋणमा डुबेको एयरलाइन्स कम्पनी एयर इण्डियाको शतप्रतिशत स्वामित्व खरीद गरेको छ ।
आफैंले स्थापना गरेको एयर इन्डिया टाटा समूहले पुनः खरिद गरेको हो । सन् १९३२ मा स्थापना भएको भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया ७० वर्षपछि त्यसको स्वामित्व ग्रहण गर्न लागेको कम्पनीले घोषणा गरेको छ । सन २०२२ को जनवरी १ देखि टाटा समूहले एयर इन्डियाको स्वामित्व लिने भएको हो ।
भारतको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभाग सचिव तुहिनकान्त पाण्डेयले टाटा कम्पनीले एयर इन्डिया खरीद गर्न एक खर्ब ८० करोड भारुको बोलकबोल गरेको बताए । सोही बोलीअनुसार उसले एयर इण्डियाको स्वामित्व पाएको हो ।
एयर इण्डियाको खरीद प्रक्रिया आगामी डिसेम्बरमा सकिनेछ । एयर इण्डियालाई खरीद गर्न सात कम्पनीले बोली लगाएका थिए तर टाटा सन्सले स्पाइस जेटको प्रमोटरलाई पछि पारेर हात पारेको हो । मूल्यको हिसाबमा भने टाटा सन्सले एयर इण्डियाको एक खर्ब ५३ अर्ब भारु ऋणको जिम्मा लिनेछ भने बाँकी रकम उसले नगद भुक्तानी दिनेछ ।
एयर इन्डियाको स्वामित्व लिएपछि टाटा समूह भारतको सबैभन्दा ठूलो उड्डयन कम्पनी हुने भएको छ । एयर इन्डियासँग अहिले भएका सबै विमानहरू कम्पनीले खरिद गरेका हुन् । एयर इन्डियासँग १ सय ४० वटा साना र ठूला विमान रहेका छन् ।
पाण्डेयका अनुसार एयर इण्डियाको लिलामीमा दुई कम्पनीले मात्र तोकिएको भन्दा धेरै रकमको बोलकबोल गरेका थिए ।
गृहमन्त्री अमित शाह, अर्थमन्त्री निर्मला सीथारमण, वाणिज्यमन्त्री पियुष गोयल र नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाको समूहले टाटा सन्सलाई विजेता बोलीको अनुमति दिएका थिए ।
एयर इन्डियाको स्वामित्व लिएपछि टाटा समूह भारतको सबैभन्दा ठूलो उड्डयन कम्पनी भएको छ । एयर इन्डियासँग अहिले भएका सबै विमानहरू कम्पनीले खरिद गरेका हुन् । एयर इन्डियासँग १ सय ४० वटा साना र ठूला विमान रहेका छन् ।
FACEBOOK COMMENTS