काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ शोरुमको सुभारम्भ गरेको छ।
सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल एवम् टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्रले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे।
नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्सकाे पेसेन्जर भेहिकलहरू प्रदर्शन गरिएका छन्।
ग्राहकहरूलाई बिक्रीपछि पनि भरपर्दो सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्य स्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर रहेका कम्पनीले बताएको छ।
नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरू खोली ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए।
साथै उक्त नयाँ शोरुमले ग्राहकहरूलाई गाडी खरिद गर्दा र खरिदपछिको नयाँ विश्वसनीय अनुभूति प्रदान गर्ने समेत जानकारी गराए।
सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल एवम् टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरूको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरू थप्दै लगेको बताए।
FACEBOOK COMMENTS