काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल क्षेत्रमा ईभी गाडीको बजार तीव्र रूपमा विस्तार भइरहेको छ।
यति मात्र होइन, सडकमा पनि ईभी गाडीले एकाधिकार जमाइरहेको छ। यही प्रतिस्पर्धाबीच भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको विद्युतीय र पेट्रोल दुवै सेग्मेन्टका गाडीले पनि नेपाली बजारमा बलियो पकड बनाएको छ।
नेपालमा टाटा मोटर्सको बिक्रीपश्चात्को सेवा अर्थात् आफ्टर सेल्स सर्भिसलाई समग्रमा नेपाली अटोमोबाइल बजारमै सबैभन्दा बलियो र भरपर्दो सञ्जालमध्ये एक मानिन्छ।
त्यसैले त टाटा मोटर्सका मोडलहरू ग्राहकको रोजाइमा पर्ने गरेका छन्। नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले विगत ४ दशकभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ।
नेपालमा अहिले टाटाका विद्युतीय गाडीहरू टाटा टियागो ईभी, टाटा पञ्च ईभी, टाटा नेक्सन के३ ईभी र टाटा कर्भ ईभी गरी चार वटा भेरियन्टमा उपलब्ध छन्।
टाटा टियागो ईभी
टाटा टियागो ईभी नेपालको सडक र मध्यमवर्गीय परिवारका लागि पनि सबैभन्दा उपयुक्त र लोकप्रिय इलेक्ट्रिक कारको रूपमा परिचित छ।
किफायती मूल्य, यसका फिचरहरू, ब्याट्री रेन्ज र सुरक्षासम्बन्धी सुविधाहरूले ग्राहकको मन जित्दै आएको छ। पाँच सिटरको यो गाडीमा २४ किलोवाट आवरको ब्याट्री प्याक र ४८ किलोवाट आवरको मोटर क्षमता रहेको छ।
यदि तपाईंले टाटा टियागो ईभी एक पटक फुल चार्ज गर्नुभयो भने करिब ३ सय १५ किलोमिटरको यात्रा ढुक्कसँग गर्न सक्नुहुन्छ।
अटोमेटिक गियर रहेको टाटा टियागोमा ७ इन्चको हरमन टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल र रिजेनेरेटिभ ब्रेकिङ सिस्टमसम्मका सुविधाहरू तपाईंले टाटा टियागो ईभीमा पाउनुहुनेछ।
सुरुमा पनि हामीले भनेका थियौं, टाटा टियागो ईभी किफायती मूल्यमा उपलब्ध छ। यसको सुरुवाती मूल्य मात्र २७ लाख ४९ हजारदेखि भेरियन्ट अनुसार २९ लाख ९९ हजारसम्ममा उपलब्ध छ।
टाटा पञ्च ईभी
पञ्च ईभी टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी हो। पञ्च ईभी तीन वटा भेरियन्टमा उपलब्ध छ। इम्पावर्ड प्लस एस एमआरको मूल्य ३३ लाख ९९ हजार, इम्पावर्ड एलआरको ३६ लाख ९९ हजार र इम्पावर्ड प्लस एलआरको ३८ लाख ९९ हजार निर्धारण गरिएको छ।
टाटाको नयाँ एक्टि ईभी प्लेटफर्ममा बनेको यो पहिलो गाडी हो। यसमा २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्री उपलब्ध छ। कम्पनीका अनुसार मिडियम रेञ्जले एक पटकको चार्जमा ३ सय १५ किलोमिटर र लङ रेञ्जले ४ सय २१ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।
५० किलोवाटको डीसी फास्ट चार्जर, ३६० डिग्री क्यामेरा, १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, भ्वाइस–असिस्टेड सनरुफ, वायरलेस चार्जर, इलेक्ट्रोनिक पार्किङ ब्रेक र ६ वटा एयरब्याग जस्ता आधुनिक सुविधाहरू समावेश छन्।
टाटा नेक्सन के३ ईभी
टाटा नेक्सन के३ ईभी नेपालको ईभी बजारमा सबैभन्दा बलियो विरासत बोकेको ईभी हो। नेक्सन ईभी नयाँ रूप र थप पावरका साथ के३ ईभी मोडलमा उपलब्ध छ।
टाटा नेक्सन के३ ईभी ४५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाट आवर इलेक्ट्रिक मोटरसहित उपलब्ध छ, जसले एक पटकको फुल चार्जमा करिब ३ सय २५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ।
यसमा १ सय ९० मिमी ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक सनरुफ, कनेक्टेड एलइडी डीआरएल, ३६० डिग्री क्यामेरा, ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता आधुनिक सुविधाहरू छन्। सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, ईबीडी तथा नयाँ डिजाइनको फ्रन्ट ग्रिल, हेडल्याम्प र टेलल्याम्पले टाटा नेक्सन के३ ईभीलाई थप आकर्षक बनाएको छ।
टाटा कर्भ ईभी
टाटा कर्भ ईभी (फ्ल्यागसिप) सबैभन्दा प्रिमियम ईभी हो। यसको पछाडिको भाग कुपे अर्थात ढल्केको स्टाइलको भएकाले यो सडकमा गुड्दा जो कोहीको ध्यान तान्ने क्षमता राख्दछ।
टाटा कर्भ ईभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको चार्जमा ४०० देखि ४२५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।
यसमा ९८ किलोवाट क्षमताको मोटर (१३३ पीएस पावर र २१५ एनएम टर्क) रहेको छ, जसले गाडीलाई ० देखि १०० किमि प्रतिघण्टाको गतिमा मात्र ८.६ सेकेन्डमा पुर्याउन सक्छ।
सुरक्षाका लागि लेभल–२ एडीएएस, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरू दिइएको छ। साथै ५०० लिटरको बुट स्पेस, भेहिकल–टु–भेहिकल र भेहिकल–टु–लोड प्रविधिले यसलाई अझ थप आकर्षक बनाएको छ।
त्यसैगरी टाटाका इन्धन गाडीहरू पनि उत्तिकै लोकप्रिय छन्। टाटा टियागो, टाटा पञ्च, टाटा नेक्सन र टाटा सफारी जुन प्रिमियम र बलियो ७ सिफ्टर एसयूभी हो, टाटाका यी गाडीहरू नेपाली बजारमा उपलब्ध छन्।
टाटा मोटर्सले बजेट अनुसारका कारहरू तपाईंका लागि बजारमा ल्याएको छ। यदि तपाईं किफायती मूल्यमा ईभी खोज्दै हुनुहुन्छ भने टियागो ईभी उत्तम विकल्प हुन सक्छ।
अलि स्टाइलिश, अग्लो ग्राउन्ड क्लियरेन्स र फिचर प्याक्ड गाडीका लागि भने पञ्च ईभी वा टाटा नेक्सन के३ ईभी रोज्न सक्नुहुन्छ। एकदमै नयाँ लुक्स तथा सुरक्षाको अल्टिमेट प्याकेज मनपराउनुहुन्छ भने तपाईंको लागि कर्भ ईभी सबैभन्दा उत्कृष्ट विकल्प हुन सक्छ।