काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नबिल बैंकसँग गाडी कर्जा दिनेसम्बन्धी सम्झौता गरेको छ।
कम्पनीले टाटाका प्रिमियम ईभी खरिदकर्तालाई बैंकबाट ८० प्रतिशतसम्म कर्जा दिने सम्झौता गरेको हो।
टाटाको एक्सप्रेस–टी विद्युतीय सेडान कार ग्राहकले नबिल बैंकबाट ऋण लिएर खरिद गर्न सक्नेछन्।
सम्झौताअनुसार बैंकले ७ वर्षसम्मको लागि १४.१० प्रतिशत ब्याजमा ८० प्रतिशतसम्म कर्जा दिनेछ। राष्ट्र बैंकको निर्देशन र कार्यविधिअनुसार सम्झौता लागू हुने बताइएको छ।
एक्सप्रेस–टी टाटाको ट्याक्सी सेवा दिने ग्राहकका लागि ल्याइएको विद्युतीय गाडी हो।
FACEBOOK COMMENTS