काठमाडौं । नेपालीहरूको महान चाड दसैँ र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई खुशी र उत्साह थप गर्ने उद्देश्यसहित ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ ।
कम्पनीले यस अफरमार्फत आफ्ना लोकप्रिय इलेक्ट्रिक (ईभी) मोडेलदेखि इन्टरनल कम्बशन इन्जिन (आईसीई) मोडेलसम्म विशेष छुट र आकर्षक सुविधासहित प्रस्तुत गरेको छ ।
चाडपर्वको रमाइलो माहोलमा ग्राहकहरूले टियागो.ईभी, पञ्च.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी जस्ता नयाँ पुस्ताका इलेक्ट्रिक गाडीहरू छनौट गर्न सक्नेछन्, जसले यात्रामा नयाँ अनुभव, सहजता र आधुनिकतासहितको आत्मविश्वास दिलाउनेछ । त्यस्तै, पेट्रोल तथा डिजेलप्रति आकर्षित ग्राहकका लागि टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसिई मोडेलहरूमा विशेष अफरहरु रहेको छ।
इलेक्ट्रिक गाडी खरिद गर्ने ग्राहकका लागि जीवनभर नि:शुल्क डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध गराइने छ । यससँगै नि:शुल्क होम चार्जिङ इन्स्टलेसन, एक वर्षको सवारी कर छुट, नि:शुल्क इम्बोस्ड नम्बर प्लेट, सम्पूर्ण बीमा कवरेज, विभिन्न एक्सेसोरिज उपहार र आकर्षक छुटको सुविधा पाउनेछन् । साथै लक्की ड्रमार्फत भाग्यशाली विजेताले माल्दिभ्सको कपल ट्रिप जित्ने बम्पर पुरस्कार पनि पाउनेछन् ।
त्यस्तै, पेट्रोल र डिजेलका गाडीहरू रोज्नेहरूका लागि पनि उत्तिकै आकर्षक अफरहरू छन् । टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आइस मोडेलमा नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, एक वर्षको सवारी कर छुट, आकर्षक एक्सेसोरिज र इम्बोस्ड नम्बर प्लेटको सुविधा प्राप्त गर्न सकिनेछ । कम्पनीका अनुसार, यस अफरमार्फत ग्राहकले नगद छुटमै पाँच लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो देशभर रहेका सबै शोरुममार्फत यो अफर उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS