काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जुनसुकै ब्राण्डका पुराना गाडीको एक्सचेञ्जमा नयाँ ईभी दिने स्किम अघि सारेको छ ।
त्यसका लागि सिप्रदीले आज बिहीबारदेखि २३ गते सोमबारसम्म ‘७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम’ आयोजना गर्दै छ । उक्त कार्यक्रअन्तर्गत कम्पनीले जुनसुकै ब्राण्डका पुराना गाडी साटेर टाटा ब्राण्डका ईभी दिन लागेको हो ।
यो कार्यक्रमअन्तर्गत पेसेञ्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.ईभी, पन्च.ईभी, नेक्सन के ३. ईभी र कर्भ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
‘७.७ डिल्स लाइक नेभर विफोर’ कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमणका साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर, एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा नि:शुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
सो अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ र गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । जसमध्ये एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कारस्वरूप ‘आईफोन–१६’ जित्ने अवसर समेत पाउनेछन् ।

टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम सञ्चालन हुने बताइएको छ । सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, ‘७.७ डिल्स लाइक नेभर विफोर’ लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।

FACEBOOK COMMENTS