काठमाडौं । टाटा मोटर्सले ‘नयाँ फरएभर रेञ्ज‘ अन्तर्गतको नयाँ गाडी एनआरजी भित्र्याएको छ। उक्त कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले ‘नयाँ फरएभर रेञ्ज‘ भित्र्याएको हो । उत्कृष्ट कार्यक्षमता र आकर्षक डिजाइन भएको यो गाडी, ह्याचब्याकमा एसयूभीको जस्तै ड्राईभिङ्ग अनुभव गर्न चाहने युवा ग्राहकहरु तर्फ लक्षित रहेको कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ।
अर्बन टफरोडरको रुपमा प्रस्तुत गरिएको गाडीको स्वरुप विशेष खालको रहेको कम्पनीले दावी गरेको छ । उक्त गाडीको बाहिरी बनावट बलियो र ग्राउण्ड क्लियरेन्स उच्च रहेको कम्पनीले जनाएको छ। यसको सुरुवाती मूल्य ३३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ।
सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो हृावाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध छ। यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध छ। १२०० सीसीको इन्जिन क्षमता सहित म्यानुअल र एटिएम ट्रान्समिसन छ।
गाडी सार्वजनिक कार्यक्रममा बोल्दै टाटाका प्यासेन्जर भेहिकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले ह्याचब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो गाडी अत्यन्त उपयोगी हुने छ । उनका अनुसार यो स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने विश्वस्त दिएको छ ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी भएको भन्दै नेपाली ग्राहक माझ उत्कृष्टभन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिवद्ध रहेको बताए।
पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपेको विज्ञप्तिमा उल्लेख छ। बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिन्छ।
FACEBOOK COMMENTS