अन्यथा सेयर बजारमा लगानी गर्ने लाखौं लगानीकर्ताहरु आन्दोलनमा उत्रन बाध्य हुने पनि लगानीकर्ताका संगठनहरुले चेतावनी दिएका छन् । लगानीकर्ताहरुले आर्थिक विधेयक २०८० को बुँदा नम्बर २९ मा भएको ‘धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था’ कर विभागको २०७७ असार ५ गतेको पत्र विपरीत रहेको पनि बताएका छन् ।
हालसम्म फर्म वा कम्पनी बाहेक व्यक्तिमार्फत गरिएको कारोबार व्यवसायको रुपमा नरहेको र सोअनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको हुनाले ५% र ७.५% लाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताको माग छ ।

FACEBOOK COMMENTS