काठमाडौं । आन्तरिक राजस्व विभागले बैंक, बीमा, सेयर बजार लगायत विभिन्न व्यवसायबाट आर्जन गरेको करयोग्य नाफाबाट ३० प्रतिशत आयकर तिर्न निर्देशन दिएको छ ।
विभागले करको नयाँ दर निर्धाणर गर्दै आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार आर्थिक वर्ष २०८०/८१ मा उक्त कर तिर्न भनेको छ ।
जसमा करको दर अधिकतम ३० प्रतिशतसम्म रहेको छ । बैङ्क, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, वित्तीय कारोबार गर्ने निकाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, बिँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र वियरको कारोबार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय गर्न ३० प्रतिशत करको व्यवस्था गरिएको छ ।
सामान्य व्यवसाय गर्नेले २५ प्रतिशत कर तिर्नुपर्ने छ । यस्तै नगरपालिका क्षेत्र भित्र सञ्चालन भएका सहकारीले ५, उपमहानगरपालिकामा सञ्चालन भएकाले ७ र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकाले १० प्रतिशत कर तिर्नुपर्ने छ ।
बचत तथा ऋण सहकारीले भने नगरपालिका क्षेत्र भित्र सञ्चालन भएका सहकारीले १०, उपमहानगरपालिकामा सञ्चालन भएकाले १५ र महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकाले २० प्रतिशत कर तिर्नुपर्ने छ ।
FACEBOOK COMMENTS