काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अर्थ मन्त्रालयका अनुसार २०८२ साल जेठ ३१ गतेसम्म सङ्कलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी रहेको छ । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ सङ्कलन भएको थियो ।
अहिले सङ्कलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
FACEBOOK COMMENTS