काठमाडौं । धितोपत्र बजारका लगानीकर्ताहरू सरकारले ल्याएको कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका छन् ।
लगानीकर्ताहरू कर नीतिका विरुद्धमा तीन दिनदेखि आन्दोलनरत रहेका छन् । गत शुक्रवारदेखिनै आन्दोलन जारी राखेका लगाकर्ताहरूले कर नीति खारेजीको माग राख्दै आज सबै सिष्टम बन्द गर्न चेतावनी दिएका हुन् ।
आन्दोलनरत लगानीकर्ताहरूले सरकारले नीति खारेज नगरेसम्म आफ्नो आन्दोलनमा सहयोग गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ब्रोकरहरूलाई ज्ञापनपत्र बुझाएर आग्रह गरेका थिए ।
आफ्नो आन्दोलनलाई सहयोग नगरेको भन्दै लगानीकर्ताहरूले आज सबै ब्रोकर अफिस घेरेर सिष्टम बन्द गर्ने भएका छन् । पूँजीबजारका अभियान्ता तिलक कोइरालाले आज टोली नेतानै खटाएर सबै ब्रोकर कम्पनीमा सिष्टम बन्द गर्ने जानकारी दिएका हुन् । उनले धितोपत्रका लगानीकर्तालाई ३९ प्रतिशत आयकरको दायरामा ल्याउने सरकारको गत नियतको विरुद्ध सबैले आवाज उठाउन आग्रह गरेका छन् ।
धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म पूँजीगत लाभकर मात्र तिर्दै आएका छन् ।
व्यक्तिगत लगानीकर्तामा पनि अल्पकालिन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्ने व्यवस्था रहेको छ । भारित औषत लागतका आधारमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्दै आएका हुन् । लगानीकर्ताहरूले राज्यलाई दोहोरो करको मारमा नपार्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS