काठमाडौं । आन्दोलनरत शिक्षकहरूको असहयोगका बीच कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज मङ्गलबार बिहान बसेको बैठकले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंका सडकमा निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षासहित जुनसुकै शैक्षिक क्रियाकलापमा असहयोग गर्ने निर्णय गरेको थियो ।
शिक्षकहरूको आन्दोलनकै घेराबन्दीमा परेपछि शिक्षामन्त्री विद्या भट्टराईले हिजो सोमबार पदबाट राजीनामा दिएकी छन् । यी घटनाक्रमबीच कक्षा १२ को परीक्षा निर्धाितर मितिमा हुने वा नहुने भन्ने अन्योल सिर्जना भएको थियो ।
तर, राष्ट्रिय परीक्षा बोर्डको बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS