काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी पदबहाली गर्दागर्दै भक्कानिएकी छन् ।
सपथलगत्तै मन्त्रालय पुगेकी उनी कर्मचारीले स्वागत गर्नुअघि नै भक्कानिएकी हुन् । समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्य बनेकी उनी वादी समुदायको पहिलो मन्त्री हुन् ।
उनी भक्कानिएपछि स्वागतका लागि तयार बसेका कर्मचारी केहीबेर स्तब्ध बनेका थिए । सीताले आँशु पुछ्दै सम्हालिएर स्वागत ग्रहण गरेकी छन्।
FACEBOOK COMMENTS