हरितालिका तिजको सुरुवात भएको छ । हरितालिका तीजको अवसरमा महिलाहरु रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने र आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन् । हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तिज पर्वको रौनकले महिलालाई मात्र होर्ईन कतिपय पुरुषलाई पनि छोएको छ । विभिन्न स्थानमा हुने तीज कार्यक्रममा महिला सँगसँगै पूरुषको पनि उत्तिकै सहभागीता देख्न सकिन्छ । जसले गर्दा हाम्रो मौलिकता हराउने हो कि भन्ने गुनासो पनि आएको छ ।
त्यसो त, परिवर्तनको लहरसँगै पश्चिमी जीवनशैली , उत्ताउला र भड्किने रमझमले गुनासा बढ्नु स्वभाकविकै हो । तैपनि सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यो पर्वले हिन्दु धर्मावलम्बीहरूको उत्कृष्ट पहिचान बोकेको छ ।
तीज पर्वको शिवगौरी संवादको धार्मिक र ऐतिहासिक पक्ष हेर्दा, व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा यी तीनै चीजको संयोगमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख भएको पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ ।
विशेष गरि धार्मिक र सांस्कृतिक पक्ष ओगटेको यो चाडले महिलाको अस्तित्व उच्च स्थानमा कायम राखेको छ । यस पर्वले परिवारमा आत्मियता र सद्धभाव बढ्ने गरेको छ । धार्मिक संस्कारयुक्त तीजको पहिरनमा गहना र लत्ताकपडाको आफ्नै किसिमको महत्व छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन आधुनिकीकरणको नाममा भड्किलो र असभ्य पहिरन र मेकअप गर्न हुन्न भन्नेमा जोड दिदै
तीजकै प्रशंगमा रहेर वरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग गरिएको कुराराकानी ।
तिज पर्वलाई कसरी लिनु हुन्छ ?
म एक सौन्दर्यविद भएकाले तिज पर्व मेरो लागी विशेष पर्व हो । आफुलाई र अरुलाई सजाउनु र राम्रो बनाउनुमा नै म रमाउछु । अहिलेको यो बदलिदो समयसँगै तीज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ । दुख बेदनाका गीत मात्र होईन केही रमाईला गीत संगीत पनि गुञ्जीने भएकाले यसपालीको तीज अरु बेलाको भन्दा फरक छ तर समाजका हरेक तह र तप्काका मानिसहरुले आआफ्नै शैलीमा तीजलाई उत्सवको रुपमा मनाउन थालेकाले मेरो बुझाईमा यो राम्रो हो भन्ने लागेको छ ।
मेकअप गर्दा के के कुुरामा ध्यान दिनु पर्छ ?
जाडो होस् अथवा गर्मी, सुन्दर देखिने चाहना सबैको हुन्छ । अहिले गर्मी सँगै तीजको रौनकले छोएको छ । यतीब्ला त झन् हामीलाई धेरै नै राम्री देखिनु पर्ने हुन्छ । सबैको नजर ममा परोस् भन्ने चाहना हुन्छ । त्यसले गमीी मौसम भएकाले हामी आफूलाई सुन्दर देखाउन गर्मीमा र यो तिज मौसममा कसरी मेकअप गर्ने भन्ने सम्बन्धमा म के भन्छु भने ः
सबै भन्दा पहिला मेकअप गर्नुभन्दा अघि चिसो पानीले अनुहार धुनु पर्छ । यसले अनुहारलाई फ्रेस देखाउँछ । यसबाट अनुहारमा लामो समयसम्म मेकअप टिक्छ । अर्को छुटाउनै नहुने कुरा भनेको मेकअप गर्नुअघि प्राइमर प्रयोग गर्नैपर्ने हुन्छ । यसले तपाईं आकर्षक देखिनु हुन्छ ।
– आँखा ठुलो होस् या सानो आँखालाई सजाउनका लागी गर्मीमा ब्ल्याक आइलाइनर उपयुक्त हुन्छ । ब्ल्याक आइलानरबाट आँखालाई आफ्नो रुची अनुसार सजाउन सकिन्छ । आँखाको मेकअप गर्दा आफुले लगाएको ड्रेस अनुसारको लगाउनु पर्ने हुन्छ तीजमा हामीले रातो पहिरन लगाउने हुँदा आँखामा रातो आईस्याडो लगाउँदा राम्रो देखिन्छ । गर्मी महिना र मौसम परिवर्तन छिनछिनमै हुने भएकाले पानी पनि पर्ने भएकाले वाटर प्रुफ मेकअप गर्नु पर्ने हुन्छ ।
— आँखाको मेकअप गर्दा आईस्याडो र आईलाईनर तल झर्न सक्छ त्यसका लागी हामीले आाँखाको मुनी थोरै पाउन्डेसन लगाउनुपर्ने हुन्छ ।
— मेकअप गर्दा चील्लो मेकअप भन्दा पनि फुस्रो मेकअप गर्नु पर्ने हुन्छ । जसले गर्दा पसिना आयो भने पनि मेकअप सेट भएको हुन्छ र मेकअप विग्रने हुँदैन । क्
— वाटर प्रुफ मेकअप गर्दा क्रिम बेसको प्राईमर प्रयोग गर्नुहुँदैन । सिलिकन बेसको प्राईमर प्रयोग गर्नु पर्ने हुन्छ
— सन ब्लक लगाउँदा २४ घण्टा रहने वाटर प्रुफ लगाउनु पर्ने हुन्छ ।
— दाग धब्बा छ भने कन्सिलर प्रयोग गर्नु पर्ने हुन्छ ।
–गर्मीमा हल्का मेकअप नै ठीक हुन्छ यो किन पनि भनिरहेको छु भने सबैलाई हेब्बी मेकअप सुहाउँछ भन्ने पनि हुदैन र सबैलाई मेकअप गर्न आउँछ भन्ने पनि छैन त्यसैले सामान्य मेकअप गर्नका लागि ग्लस अथवा नेचुरल लिप कलर उपयुक्त हुन्छ ।
–तीज पर्व मनाउन घरबाट बाहिर निस्किदै हुनुहुन्छ भने आफ्नो छालालाई पनि विशेष ध्यान दिनु पर्छ । त्यसका लागि सकेसम्म सिरम्स, बेबी क्रिम तथा प्राइमर्स आफूसंगै राख्नु भयो भने आफुलाई सहज हुन्छ ।
–गर्मीमा पसिनाका कारण मेअअप पग्लिने डर रहन्छ । त्यसका लागि वाटरप्रुफ कंसिलर प्रयोग गर्नुपर्छ । अन्य मेकअप पनि वाटरप्रुफ हुनुपर्छ । ओयल फ्रि र वाटर बेस्ड ब्यूटी प्रोडक्ट प्रयोग गर्नूपर्ने हुन्छ । गर्मीको लागि यो उपयुक्त हुन्छ ।
— मेकअप गर्दा लिपिस्टिको धेरै महत्व हुने हुन्छ । यो लगाउँदा हामीले ध्यान दिनुपर्ने कुरा भनेको सुख्खा ओठ हुनेहरुले लिप वाम लगाउनु पर्ने हुन्छ । जसले गर्दा ओठ फुट्दैन । अहिले त यो कोभिडको समयमा हामीले मास्क लगाउनु पर्ने भएकाले लिपिस्टिक लगाउँदा डबल कोट लगाउनु पर्ने हुन्छ । जसले गर्दा छिटै पुछिने डर हुँदैन ।
— अन्त्यमा तीज पर्वर्मा अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलनको अन्त्य गर्नुपर्छ र तीज पर्व सबैको सव्य र भव्य होस् भन्ने कामना गर्छु र शुभकामना दिन्छु ।
— ( सुषमा महरा, बरिष्ठ सौन्दर्यविद तथा संचालिका फेसल हाउस )
FACEBOOK COMMENTS