काठमाडौं । भारतको विहारको प्रमुख दलमध्ये एक राष्ट्रिय जनता दलका सुप्रिमो लालु यादवले आफ्ना जेठा छोरा तेज प्रताप यादवलाई पार्टीबाट निष्कासित गरेका छन् ।
लालु यादवले सामाजिक सञ्जालमार्फत आफ्नो छोरा तेज प्रतापलाई पार्टीबाट मात्र नभइ परिवारबाटै अलग गरेको जानकारी दिएका छन् ।
‘निजी जीवनमा नैतिक मूल्यमान्यताहरूलाई बेवास्ता गर्नाले सामाजिक न्यायको लागि हाम्रो सामूहिक संघर्षलाई कमजोर बनाउँछ,’ उनले भनेका छन्, ‘जेठो छोराको गतिविधि, सार्वजनिक आचरण र गैरजिम्मेवार व्यवहार हाम्रो पारिवारिक मूल्यमान्यता र परम्परा अनुरूप छैन । त्यसैले, म उनलाई पार्टी र परिवारबाट टाढा राख्छु । अबदेखि उनको पार्टी र परिवारमा कुनै पनि प्रकारको भूमिका हुनेछैन । उनलाई ६ वर्षको लागि पार्टीबाट निष्कासन गरिएको छ ।’
अहिले लालु यादव स्वास्थ्यका कारणले पार्टी गतिविधिमा सक्रिय छैनन् भने उनको जिम्मेवारी उनका कान्छा छोरा तेजश्वी यादवले निभाउँदै आएका छन् ।
FACEBOOK COMMENTS