काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद र ४० हजार जरिवाना सजाय तोकिएको छ ।
आज जिल्ला अदालत काठमाडौंले यस्तो सजाय तोकेको हो ।
पाण्डेलाई ठगी तर्फ २ वर्ष कैद र २० हजार जरिवाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना, राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार जरिबाना तोकिएको छ । त्यस्तै एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिवाना तोकिएको छ ।