काठमाडौं । सरकारको निर्देशन अनुसार दर्ता नभएका सामाजिक सञ्जाल नेपाल टेलिकमले बन्द गरेको छ ।
सरकारको निर्देशन अनुसार कानुनबमोजिम दर्ता नभएका सामाजिक सञ्जालहरूलाई हालका लागि बन्द गरेको टेलिकमले जनाएको छ ।
आज सरकारले दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरूलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्न निर्देशन दिइसकेको छ ।
टेलिकमले सामाजिक सञ्जालहरु पुनः सञ्चालनका लागि सरकारले आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन बमोजिम गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS