काठमाडौं । सरकारले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाहरुले टेलिभिजन प्रसारणवापत मासिक अधिकतम ५ सयभन्दा बढी नलिन आग्रह गरेको छ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवा प्रणालीवापत उपभोक्ताबाट अधिकतम ५ सयभन्दा बढी नलिन आग्रह गरेको हो ।
सरकारले उपभोक्ताहरुलाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले आलाकार्ट मूल्य निर्णय गरी सबै वितरण संस्थालाई सूचना जारी गरिसकिएको जनाकएको छ । त्यस्तै, सरकारले प्रणाली लागु गर्न आवश्यक पर्ने बुके र टेलिभिजन च्यानलको छुट्टाछुट्टै मूल्य सहित बुकेको मूल्य प्रस्ताव गर्न सूचना तथा प्रसारण विभागले सबै वितरण संस्थालाई पत्राचार गरिसकेको जनाएको छ ।
तर, पत्राचार गरेको मूल्य हालसम्म प्राप्त नभएकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट यस्तो बुकेको मूल्य निर्धारण भइनसकेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, केही वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्ने नेपाल सरकारको उद्देश्य विपरित ईन्टनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाई रहेको भन्ने गुनासो विभिन्न माध्यमबाट प्राप्त भएकोले सूचना जारी गरेर ध्यानाकर्षण गरेको छ ।
FACEBOOK COMMENTS