काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ।
शेर्पाको बुधबार बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिएका हुन् । नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका उनी ‘मोटर न्युरोन डिजिज’बाट ग्रसित थिए ।
तीनवर्ष देखि नशा सम्बन्धी समस्याले पीडित हुँदै आएका शेर्पाले अमेरिका, चीन भारत लगायतका देशमा पुगेर उपचार गरेपनि उल्लेख्य सुधार नभएपछि नेपाल फर्किएका थिए ।अमृत साइन्स क्याम्पसका पूर्व स्ववियू सभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।
FACEBOOK COMMENTS