काठमाडौं । भारतको मणिपुरमा तनावको अवस्था सिर्जना भएको छ ।
शनिबार राति मेइतेई सङ्गठनका नेता अरम्बाई तेङ्गोललाई पक्राउ गरिएको खबर आएपछि इम्फाल पूर्व र पश्चिम जिल्लामा हिंसा भड्किएको थियो । त्यसपछि प्रदर्शनकारीहरूले सडकमा टायर र फर्निचर बालेर प्रदर्शन गरे र नेताको रिहाइको माग गरेका थिए ।
परिस्थितिलाई ध्यानमा राख्दै राज्यपाल अजयकुमार भल्लाले पाँच जिल्लामा पाँच दिनका लागि इन्टरनेट र मोबाइल डेटा सेवाहरू बन्द गर्ने आदेश जारी गरेका छन् । ती जिल्लाहरूमा इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ छन् ।
केही असामाजिक तत्त्वहरूले सामाजिक सञ्जालमार्फत उत्तेजक सन्देश, फोटो र भिडिओहरू फैलाउन सक्ने र राज्यको अवस्था बिग्रन सक्ने भएकाले इन्टरनेट बन्द गरिएको आदेशमा उल्लेख छ । साथै, कसैले उक्त आदेशको उल्लङ्घन गरेमा उसमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ ।
FACEBOOK COMMENTS