अक्टोबर १४ का दिन चीन र भूटानका विदेशमन्त्रीले भिडियो सन्देशमार्फत् एक बैठक गरे। साथै दुई देशबीच केही वर्षदेखि जारी सीमा विवाद समाधानका लागि थ्री स्टेप रोडम्याप (तीन चरणको मार्गचित्र) मा पनि हस्ताक्षर गरे।
यो सम्झौता डोक्लाम त्री जंक्शनमा भारत र चीनको सेनाबीच ३ दिनको अवरोध भएको चार वर्षपछि भएको हो। भुटानको चीनसंग ४०० किलोमिटर भन्दा बढी सीमा जोडिएको छ ।
दुई देशहरु विवादको समाधानका लागि १९४८ देखि २० पटक सीमा सामाधान गर्न वार्ता भईसकेको छ ।
यस विषयमा भूटानको विदेश मन्त्रालयले ‘थ्री स्टेप रोडम्यापले सीमा वार्तालाई नयाँ गति प्रदान गर्ने’ उल्लेख गरेको छ।
भारतले चीन र भूटानबीचको पछिल्लो सम्झौताका विषयमा विस्तृतमा प्रतिक्रिया जनाएको छैन। तर, चीनसँग पछिल्लो डेढ वर्षयतादेखि चलिरहेको तनावका सन्दर्भमा यो सम्झौता लाई नजरअन्दाज गर्न सकिने स्थिति पनि छैन ।
चीनको दृष्टि कुन इलाकामा ?
चीन र भूटानबीच खासगरी दुई क्षेत्रका विषयमा बढी विवाद छ। तीमध्ये एउटा भारत–चीन–भूटान त्रिदेशीय विन्दूमा रहेको २ सय ६९ बर्ग किलोमिटर क्षेत्र हो। अर्को, भूटानको उत्तरी क्षेत्रमा रहेको ४ सय ९६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको जकरलुङ र पासमलुङ भन्ज्याङको क्षेत्र हो।
चीन भूटानलाई ४ सय ९५ वर्गकिलोमिटर क्षेत्रफल दिएर वदलामा २ सय ६९ वर्गकिलोमिटर इलाका आफू लिन चाहन्छ।
दुई क्षेत्रहरु जसमा चीन र भुटानको बीच अधिक विवाद छ, एक भारत चीन भुटान त्रिकोणको नजिक २६९ वर्ग किलोमिटरको क्षेत्र हो र अर्को भुटानको उत्तर मा ४९५ वर्ग किलोमिटरको जकारलुंग र पास्मालुंग उपत्यका।
रणनीतिक मामिला विश्लेषक तथा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल एसबी अस्थाना चीन भुटानलाई ४९५ वर्ग किलोमिटर क्षेत्र दिन चाहन्छ र बदलामा २६९ वर्ग किलोमिटर क्षेत्र लिन चाहन्छ। चीन सधैं आफ्नो कमजोर देशहरुसंग द्विपक्षीय सम्बन्ध बनाउनका लागि कोशिश गरीरहेको छ । ताकि उसको आर्थिक र सैन्य प्रभावसंग ती देशहरुलाई प्रभावित गरेर आफ्नो हितका लागि निर्णय गर्न सकोस् ।
उनी भन्छन्, भुटानको उत्तरी सिमानामा रहेका दुई क्षेत्रहरु, जुन चीनले दाबी गरेको छ, ती मध्ये एउटा चुम्बी उपत्यका हो, जसको नजिकै डोकलाममा भारत र चीनको बीचमा झडप भएको थियो। चीनले भुटानबाट चुम्बी उपत्यका क्षेत्रको माग गरेको थियो। उसलाई बदलामा अर्को विवादित क्षेत्र दिनको लागि तयार छ, जुन चुम्बी उपत्यका क्षेत्र भन्दा धेरै ठूलो छ। चीनले मागेको क्षेत्र भारतको सिलीगुडी करिडोरको नजिक छ।
सिलीगुडी कोरिडोर, जसलाई कुखुराको गर्दन पनि भनिन्छ (भारतका लागि) धेरै महत्वपूर्ण मानिन्छ । किनभने यो भारतका पूर्वोत्तर राज्यहरु सम्म पुग्नको लागि मुख्य सडक हो र यो भारतका लागि गम्भीर चिन्ताको बिषय हुनेछ । यदि चिनियाँहरु सिलीगुड़ी कोरिडोरको नजिक आए भने पूर्वोत्तर राज्यहरुसंग कनेक्टिविटीका लागि खतरा बन्न सक्छ । मेजर जनरल अस्थाना भन्छन्, कुखुराको घाँटी क्षेत्र भारतका लागि धेरै महत्वपूर्ण छ। यदि यस क्षेत्रमा थोरै भए पनि चीनको उपस्थिति भयो भने यो भारतका लागि ठूलो घाटा हुनेछ र यो सम्झौता भारतको हितमा हुने छैन।
‘मनोवैज्ञानिक दबाव निर्माणको कोशिष’
जवाहरलाल नेहरु विश्वविद्यालयस्थित स्कूल अफ इन्टरनेशनल स्टडिज अन्तर्गत पूर्वी एसियाली अध्ययन केन्द्रकी प्रोफेसर डा अलका आचार्यका भनाईमा, यो नयाँ घटनाक्रमले भारतको चिन्ता बढाउन सक्छ।
‘दोक्लम विवाद सुरु भएपछि चीनले भूटानसँग सम्पर्क र सीमाबारे कुराकानीका लागि अभियान सुरु गरेको थियो, चीनले यसबारेमा निकै पहल गरेको देखिएको थियो’, प्रोफेसर आचार्य भन्छिन्, ‘अहिले चीन भूटानसँग सीधै सम्झौता गर्ने कोशिषमा छ। यसले भारतलाई समस्या थप्नेछ। किनकी त्यसपछि चीनले प्रश्न गर्न थाल्नेछ कि उसले सबैसँग सम्झौता गरिरहेको छ। तर, भारतसँग सम्झौता हुन चाहिँ किन बाँकी छरु यस हिसावले भारतका लागि एक किसिमको मनोवैज्ञानिक दबाव सिर्जना हुनेछ।’
उनी भन्छिन्, ‘दोक्लम नजिकै तीन देशबीचको त्रिदेशीय विन्दूमाथि चीन–भूटानबीच कस्तो किसिमको सम्झौता हुनेछ भन्ने चिन्ता पनि भारतलाई थपिनेछ।’ यस्तो स्थिति सिर्जना भएमा भारत थप कमजोर हुने भएकाले भारतले चीन–भूटानबीचको सीमा वार्तालाई नजिकबाट नियालिरहेको बताउँछिन् ।
चीन र भारतबीच चलिरहेको तनावका बीच यो नयाँ घटनाक्रमले के भूटानलाई अप्ठेरोमा पार्ला ?
डा आचार्यका भनाईमा यो कुरा प्रष्ट छ– भारत र भूटानबीच गहिरो सम्बन्ध छ र भूटानको झुकाव भारततर्फ ज्यादा छ।
‘भारतीय विदेश मन्त्रालयले निकै ठूलो परिणामको रकम भूटानलाई प्रदान गर्ने गर्छ। आर्थिक दृष्टिले भारतले भूटानलाई निकै सहयोग गरेको छ। त्यसैले, भारतले यही कोशिष गरिरहेको छ कि चीनले भूटानमा धेरै दखल नदेओस्’, उनी भन्छिन्, ‘भारतले भूटानलाई आफ्नो कब्जामा राख्न चाहेको भनेर चीनले आलोचना गर्दै आएको छ र कतिपय बेला स्पष्टरुपमा नै बताउँदै आएको छ।’
डा आचार्यका अनुसार, सानो भूपरिवेष्ठित मुलुक हुनुको नाताले भूटान चीनसँग आफ्नो सम्बन्ध नहोस् भन्ने चाहँदैन।
‘भूटान चीनसँगको सीमा विवाद समाधान होस् भन्ने चाहन्छ। किनकी त्यसपछि चीनसँग भूटानको आर्थिक सम्बन्ध कायम हुन सक्छ’, उनी भन्छिन्, ‘आफ्नो देशको विकासका लागि यो उत्तम विचारपनि हो।’
‘खासमा भूटान भारत र चीनको बीचमा फसेको छ’, उनी थप्छिन्, ‘भूटान चाहँदैन कि एउटा छिमेकीसँगको आफ्नो सम्बन्ध अर्को छिमेकीविरुद्ध देखियोस्।’
डा आचार्यका भनाईमा, भूटान यस्तो देश हो, जो जीडिपीको साटो ग्रोस नेशनल ह्याप्पिनेस इन्डेक्स ९जीएनएचआई० को कुरा गर्छ र आफ्नो मुलुकभित्रको शक्ति संघर्षमा कसैले दखल दिएको पनि रुचाउँदैन।
उनको सुझाव छ– भारतले भूटानको सम्वेदनशीलतालाई विचार गर्नुपर्छ। यदि चीन भूटानसँगको विवाद समाधानको पहल गरिरहेको छ भने उसले भूटानसँग पनि लगातार कुराकानी गर्नु पर्छ। ताकि चीन–भूटान वार्ता कुन दिशातर्फ गइरहेको छ भन्ने जानकारी उसलाई होस्।
FACEBOOK COMMENTS