काठमाडौं, १६ असोज । ट्राफिक प्रहरीले तत्काल मोबाइल एप्सबाट लाइसेन्सलाई परीक्षण गर्ने भएको छ । स्मार्ट लाइसेन्सको साटो एक वर्षे परीक्षण कालका लागि क्युआर कोडसहितको कार्ड वितरण गर्दै सक्कली र नक्कली कार्डको पहिचान गर्ने भएको छ ।
बजारमा नक्कली स्मार्ट लाइसेन्सको बिगबिगी भएपछी ३४ लाख स्मार्ट लाइसेन्स (सवारी चालक) अनुमति पत्र कामै नलाग्ने भएकाले त्यसलाई विस्थापन गर्न क्युआर कोडसहितको वैकल्पिक लाइसेन्स वितरण गर्न थालिएको हो ।
हाल ललितपुरको एकान्तकुना, जनकपुर, बर्दिवास र लहानस्थित यातायात कार्यालयबाट अहिले परीक्षणका रूपमा वैकल्पिक लाइसेन्स वितरण भइरहेको छ ।
अस्थायी परीक्षणकालीन लाइसेन्समा क्युआर कोडसहितको बार स्क्यान गर्नका लागि मोबाइल एप्स समेत बनाइएको छ । त्यो एप्समार्फत ट्राफिक प्रहरीले स्क्यान गरेर उक्त लाइसेन्स सक्कली हो वा होइन भन्ने कुरा छुट्याउन सक्छन् ।
FACEBOOK COMMENTS