काठमाडौं । सीमा विवादलाई लिएर थाइल्याण्ड र कम्बोडियाबीच आइतबार चौथो दिन पनि लडाइँ जारी रहेको छ ।
यस रक्तपातपूर्ण द्वन्द्वमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ भने २ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहलमा दुवै देश युद्धविराम गर्न सहमत भएको दाबी गरेका थिए, तर आइतबार बिहान प्राचीन मन्दिरहरू नजिक फेरि गोलीबारी सुरू भएको मिडिया रिपोर्टमा बताइएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ताले थाई सेनाले बिहान मन्दिरहरू वरिपरि आक्रमण गर्न थालेको बताएका छन् भने थाई सेनाका उपप्रवक्ताले कम्बोडियाले बिहान गोलीबारी सुरू गरेको आरोप लगाएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री हान मानेटले ‘तत्काल र बिना शर्त युद्धविराम’ को प्रस्तावमा सहमत रहेको बताएका छन् । उनले आफ्ना विदेशमन्त्री प्राक सोखोनलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्न आदेश दिए, तर बैंककले कुनै पनि सम्झौता तोड्ने प्रयास नगर्ने चेतावनी दिए ।
यसैबीच, थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फामथम भेचायचाईले ट्रम्पको भाषणपछि आफू युद्धविराम र प्रारम्भिक वार्ताको लागि तयार रहेको बताए तर शान्ति स्थापना गर्न कम्बोडियाले ‘इमानदार मनसाय’ देखाउनुपर्ने चेतावनी दिए ।
थाइल्याण्ड र कम्बोडियासँगको व्यापार सम्झौतामा प्रवेश नगर्ने डोनाल्ड ट्रम्पको चेतावनी
FACEBOOK COMMENTS