काठमाडौं । थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु भएको छ ५५ जना घाइते भएका छन् ।
थाइल्याण्डको उत्तर – पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खसेको हो । उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ जाँदै थियो।
यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो।
क्रेनले ठक्कर दिएपछि रेल लिकबाट बाहिरिएको थियो र त्यसलगत्तै केही बेर आगलागी समेत भएको थियो बताइएको छ ।
प्रारम्भिक रिपोर्टहरूमा ४ जनाको मात्र मृत्यु भएको भनिएको थियो। तर यो सङ्ख्या चाँडै बढेर १२ पुग्यो। अहिले थाई प्रहरीले दिएको जानकारी अनुसार मृतकको सङ्ख्या २२ पुगेको छ र यो अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा र अहिले पनि दुर्घटनास्थलमा उद्धार कार्य जारी छ। आगलागीलाई भने नियन्त्रणमा लिइसकिएको स्थानीय प्रहरीले जनाएको छ।

FACEBOOK COMMENTS