काठमाडौं । थाइल्याण्डले कम्बोडियाको हमलामा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको जानकारी दिएको छ ।
कम्बोडियाले थाई गाउँको बीचमा दुई वटा बीएम–२१ रकेट प्रहार र गोली हानेर गरेको आक्रमणमा एक सैनिकसहित १२ नागरिकको मृत्यु भएको बताएको हो ।
थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले ३५ जना घाइते भएको जनाएको छ ।
थाइल्याण्डको सुरिन प्रान्तको काब चोएङका जिल्ला प्रमुखले ८६ गाउँका ३० हजार देखि ४० हजार मानिसहरूलाई सुरक्षाको लागि आश्रयस्थलमा सारिएको बताएका छन् ।
सीमा बारे विवाद बढेपछि दुवै देश एक अर्कामाथि आक्रमणमा उत्रिएका हुन् । यो विवाद एक दिन अघि सीमामा भएको बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएपछि शुरु भएको बताइएको छ ।
थाइल्याण्डले कम्बोडियाबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ भने थाई नागरिकहरूलाई कम्बोडिया छोड्न अपील गरेको छ । थाईल्याण्डको शिक्षा मन्त्रालयले थाईल्याण्डको सुरिन प्रान्तमा विवादित सीमा नजिकैका सबै विद्यालयहरू बन्द गरेको छ । साथै थाइल्याण्ड कम्बोडियासँगको सबै सीमा नाकाहरू बन्द गरेको छ ।
कम्बोडियाले भने थाइल्याण्डको आक्रमणबाट भएको क्षति बारे जानकारी दिएको छैन ।
FACEBOOK COMMENTS