काठमाडौं। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन्।
उनले बैशाख १५ बाट बैंकमा कार्यभार सुरु गर्ने बताए। चार बर्षका लागि थकाली प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन्।
प्रभु बैंकको नायव महाप्रबन्धक रहेका थकालीसँग अन्य दुई संस्था नेतृत्व गरेको अनुभव छ।
प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर उनले २ बर्ष बिताएका थिए।
यसबाहेक साङ्ग्रिला डेभलपमेन्ट बैंकमा पनि उनी कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका थकालीसँग बैंक ऋण, निक्षेप बजारीकरणदेखि पुँजी बजारसम्मको राम्रो ज्ञान छ।
FACEBOOK COMMENTS