काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
परिषद्को असार ३१ गते हुन लागेको २८ र २९ औँ साधारणसभा एवम् अधिवेशनका लागि परिषद्का वर्तमान अध्यक्ष भविश्वर शर्मा र पूर्वमहासचिव धुव्र अधिकारीले उम्मेदवारी दिएका छन् ।
तीन उपाध्यक्ष पदका लागि सहदेव ९विमल० धमला, राजिव पाण्डे, चेतनाथ पुडासैनी र श्रीकृष्ण थपलिया, महासचिवमा बद्रीप्रसाद तिमल्सिना र सोजेशमान मालाकारको उम्मेदवारी परेको निर्वाचन अधिकृत उमादेवी प्रसाईँले जानकारी दिए । यस्तै, सचिवमा पुण्यराम लागेजु र दिलिप ९मिलन० कंडेल, कोषाध्यक्षमा प्रकाश थपलियाको उम्मेदवारी परेको छ ।
सदस्यमा कोपिला सिंखडा, रोशन अधिकारी, कुमार नेपाली, पूर्णप्रसाद चौलागाई, विनोद श्रेष्ठ, अमृत थोकर ९लामा०, सानुकाजी महर्जन, रमेश विश्वकर्मा, रंजयमान प्रधान, नविन तामाङ, सुदर्शन खनाल, जनकसिंह तामाङ, बद्रीप्रसाद अर्याल र लालबाबु चौधरीको उम्मेदवारी परेको निर्वाचन अधिकृत प्रसाईँले बताए ।
निर्वाचनमा १ हजार १९३ जनाले मता हाल्नेछन् ।
FACEBOOK COMMENTS