काठमाडौं। सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले ६ अर्ब पैसा राखेर पुनरावेदन गर्ने हैसियत उद्योगीको नभएको बताएका छन् ।
आइतबार डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कति तिर्नुपर्छ वा पर्दैन भन्ने आफूहरूलाई थाहा नभएको र तथ्यांक पनि नरहेको बताए।
उनका अनुसार पुनरावेदनका लागि केही उद्योगी गएका छन्। जसमा ४ वर्षसम्म पनि त्यसको सुनुवाइ भएको छैन । उनले भने, ‘हामी सकेसम्म आफ्नो उद्योग बन्द गर्न चाहन्नौं। हामी थुप्रै कर्मचारी, मजदुर तथा अन्य कुराहरू जोडिएका छन्।’
थापाले थपे, ‘६१ उद्योग बन्द गर्दै गर्दा त्यसको असर राज्यमा पर्छ किनभने यो राज्यको पनि सम्पत्ति हो । हामी सकेसम्म सडकमा जान चाहन्नौं । यदि जानु नै परेको अवस्थामा भने हामी जानेछौँ ।’
देशमा रोजगारी सिर्जना होस् भनेर उद्योगगमा काम गरेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS