काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई आज अदालतमा पेस गरिने भएको छ ।
शुक्रबार पक्राउ परेका उनलाई आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
एमाले उपाध्यक्ष समेत रहेका बादलतका छोरा थापा शुक्रबार राजधानीको बौद्धबाट पक्राउ परेका हुन् ।
नक्कली शरणार्थी प्रकरणमा वैशाखमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँदा लाखौं असुली गर्ने गिरोहलाई सहयोग गरेको आरोप छ ।
FACEBOOK COMMENTS