काठमाडौं । काठमाडौं महानगरले थापाथलीस्थित बाग्मती नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउनकाे लागि आवश्यक निर्देशन दिन गृहमन्त्रालयलाई आग्रह गरेको छ ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत बसन्त अधिकारीले आज एक विज्ञप्ती जारी गरी अनाधिकृत संरचना हटाउने अभियान अन्र्तगतको थापाथलीस्थित बाग्मती नदी किनारमा रहेको अनाधिकृत संरचना हटाउन नसकेका कारण गृहमन्त्रालयले सम्बन्धीत जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवम समन्वय गर्न महानगरले आग्रह गरेको हो ।
सो क्षेत्रको अनाधिकृत संरचना हटाउन बाग्मती सभ्यता एकीकृत विकास परियोजनाले समेत आग्रह गरेको र सो क्षेत्र खाली गराउन महानगरले आवश्यक सबै समन्वय र प्रयास अगाडी बढाइएको भएतापनि सफल हुन नसकेको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS