काठमाडौं । जेन जी आन्दोलनको दोस्रो दिन २४ भदौमा काठमाडौंको चुच्चेपाटी तथा सुनसरीको धरान र मोरङको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको आउटलेटमा जलेर मृत्यु भएका १२ जनाको पहिचान डेढ महिनासम्म खुल्न सकेको छैन । न त कसैले उनीहरूमध्ये यो मेरो आफन्तको शव हो भनेर दाबी गर्न नै आएका छन् ।
भाटभटेनीका स्टोर सरसफाइ गर्ने क्रममा २७ भदौमा धरानमा चार र विराटनगरमा एक जनाको जलेको मानव कङ्काल फेला परेको थियो । त्यस्तै, २९ भदौमा चुच्चेपाटीमा पहिलो र तेस्रो तलामा सातवटा शव भेटिएका थिए ।
ती शव पूर्ण रूपमा जलेकाले लैङ्गिक पहिचानसमेत नखुलेको प्रहरीले जनाएको छ ।
भाटभटेनीले उनीहरू आफ्ना कर्मचारी वा ग्राहक दुवै नभएको बताइसकेको छ ।
धरान र विराटनगरमा भेटिएका पाँचवटा शवको डीएनए सङ्कलनपछि स्थानीय तहले अन्त्येष्टि गरिसकेका छन् भने चुच्चेपाटीमा भेटिएका सातवटा शव प्लाष्टिकमा पोको पारेर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

FACEBOOK COMMENTS