काठमाडौं, २ भदौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झापाको भद्रपुर नगरपालिकाको सोमबारेमा ६५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिंदै संस्थाले सेवाग्राहीहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यले संस्थाले नयाँ शाखा विस्तार गरेको हो । यस शाखासागै संस्थाले आफ्नो सेवाहरु ५२ हजार घर परिवारमा पु¥याएको छ । साथै, आगामि दिनमा अन्य स्थानहरुमा समेत शाखा कार्यालयहरु सञ्चालमा ल्याई लघुवित्तीय सेवाहरुको पहुंच विस्तार गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS